Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'हाम्रो बजार डटकम'मार्फत सस्तोमा आइफोन दिने भन्दै ठगी, युवक पक्राउ

काठमाडौं । नक्कली बिज्ञापन राखी अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न एकजना पक्राउ परेका छन् ।

हाम्रो बजार डटकम नामक अनलाईनमार्फत आईफोन १४ प्रोम्याक्स जस्ता महँगो मोबाईल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्दै ठगी गर्ने हुम्लाको सिमिकोट गाउँपालिका ४ घर भएका उपेन्द्र शाही पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई भक्तपुर सुर्यबिनायक नगरापलिका वडा नम्बर २ बालकोटबाट पक्राउ गरिएको हो ।

उनले महँगो मूल्यका आईफोन मोबाईल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक बिज्ञापन पोष्ट गरी मोबाईल किन्ने ब्यक्तिहरु सम्पर्कमा आएमा मोबाईलको मूल्य, डेलिभेरी, कुरियर चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम लाग्छ भनि ठगी गरेको आरोप छ ।

उनी बिभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता, ईसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाई रकम पठाए पश्चात सम्पर्क विहिन हुने गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077