Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको सरकार नबन्दासम्म देशको विकास हुँदैन : केपी ओली

धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभएसम्म देशको विकास नहुने दाबी गरेका छन् ।

आइतबार धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘एमालेको सरकार नबनीकन यो देश बन्दैन, यो देशमा विकास हुन सक्दैन।’

उनले एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने बताए ।

उनले एमालेको सरकार बनाउन अरु सबै एकातिर भएपनि एमाले वडा पालिका हुँदै सबैतिर एमालेको बहुमत हुनुपर्ने बताए ।

उनले मजबुत राष्ट्रिय शक्ति बनाउन नै एमालेले मिसन ग्रासरुट अभियान थालेको भन्दै सचेत जनताको संगठित शक्ति एमाले जनताको घर आँगनमा पुगिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077