Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

रूपन्देही । प्यूठानमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार भएको जिप दुर्घटनामा परि लमही न. पा.८ सत्बरियाका सत्यनारायण चौधरीको घटनास्थलमा मृत्यु भएको हो ।

सरुमारानी गाउँपालिका वडा नं-६ मोतिपुरमा लु ३ च ३८५५ नम्बरको जिप बिहान साढे १२ बजे तिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते प्युठान न. पा. १ खैरा बस्ने १४ वर्षिय  प्रबिन जि.सी. र चालक लमही न. पा.१ सत्वरिया बस्ने  २५ वर्षिय प्रकाश चौधरीको बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077