एजेन्सी । राजस्थानको बारमेर जिल्लाको पचपदरामा एक दलित महिलालाई बलात्कारपछि ज्यूँदै जलाएर हत्या गरिएको खुलेको छ ।
अप्रिल ६ तारिखमा घरमा कोही नभएको अवस्थामा शकूर खान नामका व्यक्ति घरमा जबर्जस्ती छिरेर बलात्कार गरेका थिए ।
बलात्कारपछि थिनर छर्किएको थियो । ६० प्रतिशत शरिर जलेको अवस्थामा जोधपुरको सरकारी अस्पताल पुगेकी झम्मा देवी नाम गरेकी ती महिलाको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
मृतक महिलाको शव जोधपुरस्थित महात्मा गान्धी अस्पतालको शवगृहमा राखिएको छ । महिलाका आफन्तहरू बारमेरको बालोत्रा उपविभागीय न्यायीक अधिकारीको कार्यालयमा हडतालमा छन् ।
Leave a Reply