जुम्ला । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् ।
दलित मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा ६० वटा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो ।
विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई हौसला दिन यो सम्मान गरिएको नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीले बताए ।
कार्यक्रममा दलित समुदायबाट निर्वचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ ।
Leave a Reply