काठमाडौं । पेरिस महिला फुटबल ओलम्पिक एसियन छनोटमा नेपालको चुनौती पहिलो चरणबाटै समाप्त भएको छ । छनोटको समूह ‘सी’मा रहेको नेपाल शनिबार भियतनामसँग २–० ले पराजित भएसँगै पहिलो चरणबाटै बाहिरिएको हो ।
तर भियतनामविरुद्ध पहिलो लेगमा निक्कै खराब प्रदर्शन गरेको नेपालले आज दोश्रो खेलमा सुधारिएको प्रदर्शन गरेको छ । पहिलो खेलमा नेपाल ५-१ ले पराजित भएको नेपाल ७-१ को नतिजासँगै ओलम्पिक २०२४ को महिला फुटबल छनोटबाट बाहरियो ।
खेलको छैटौं मिनेटमा भियतनामकी पाम हाइ ऐनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन्। त्यसको एक मिनेटमा नै ऐनले नै व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् ।
ओलम्पिक छनोटमा नेपाल समुह सी मा रहेको थियो। नेपाल रहेको समुहमा प्यालेन्स्टाइन र अफगानिस्तान रहेपनि दुई टोलीले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र खेलेका हुन्।
Leave a Reply