Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत भ्रमणमा किन आउँदै छन् युक्रेनी उपविदेशमन्त्री झापरोभा ?

एजेन्सी । युक्रेनका प्रथम उपविदेशमन्त्री एमिने झापरोभा आइतबार भारतको भ्रमणमा आउने भएकी छन् । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको भ्रमण गर्ने उनी पहिलो युक्रेनी मन्त्री हुन् ।

रुसबाट तेलका साथै सैन्य उपकरण आयात गर्दै आएको भारत मस्कोमाथिको निर्भरताबाट उम्कन सकेको छैन भने पश्चिमा मुलुकहरूबाट एक्लिएको रुससँगको सम्बन्ध सन्तुलन नयाँदिल्लीका निम्ति चुनौतीपूर्ण बनेको छ ।

मस्कोसँगको लामो समयदेखिको सुरक्षा सम्बन्धले नयाँदिल्लीलाई जटि कूटनीतक स्थितिमा पुर्‍याएको छ । भारतले युक्रेन र रुसबीचको वैमनस्यातापूर्ण सम्बन्धको अन्त्य हुनुपर्नेमा जोड दिए पनि रुसी आक्रमणको आजसम्म निन्दा गरेको छैन ।

दिल्लीमा रहँदा उपविदेशमन्त्री झापरोभाले विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग युक्रेनको वर्तमान अवस्थाका बारेमा विचार आदानप्रदान गर्ने भारतको बाह्य मामिला मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077