काठमाडौं । ओलम्पिक छनोट अन्तर्गत भियतनामसँगको खेलमा शनिबार नेपालविरुद्धको पहिलो हाफमा भियतनामले २–० को अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफमा नेपाल २–० गोलले पछाडि परेको हो ।
पहिलो हाफमा भियतनामका लागि दुवै गोल पाम हाइ येनले गरिन् । खेलको छैटौँ मिनेटमा हाइ येनले गोल गर्दै भियतनामलाई अग्रता दिलाएकी थिइन् ।
त्यसको एक मिनेटमा नै ऐनले नै व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्।
Leave a Reply