Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिआरसीलाई फास्ट ट्रयाकबाट लैजान खोजिँदै छ, कुनै समितिमा पठाउनुपर्छ : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी संसदमा पेस भएको विधेयकलाई कुनै न कुनै समितिमा लैजानुपर्ने बताएका छन् ।

सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी संसदमा पेस भएको विधेयकका विषयमा पनि छलफल भएको बताए ।

उक्त विधेयकलाई फास्ट ट्र्याकमा लैजाने नलैजाने विषयमा छलफल भइरहेको उनले बताए । तर उक्त विधेयकलाई कुनै न कुनै समितिमा लैजानुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077