Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • गृहमन्त्री श्रेष्ठको निर्देशन – विमानस्थलको सुरक्षामा कुनै कमी हुन नदिनू

    गृहमन्त्री श्रेष्ठको निर्देशन – विमानस्थलको सुरक्षामा कुनै कमी हुन नदिनू

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 576
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार अनुगमन गरेका छन् ।

    श्रेष्ठसँगै गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहितको टोली अनुगमनमा पुगेका थिए ।



    अनुगमनका क्रममा श्रेष्ठले विमानस्थलको महत्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए।



    श्रेष्ठले विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

    नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुवैप्रति विमानस्थल प्रशासन अत्यन्त सहृदयी हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

    विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न समेत उनले निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार