सुर्खेत । विभिन्न कार्यक्रममा सहभागी हुनका लागि सुर्खेत पुगेका उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सबैभन्दा पहिले गृह जिल्लाको माटोलाई ढोगेका छन्।
आज सुर्खेत पुगेका मन्त्री खड्काले विमानस्थलमा जहाजबाट ओर्लिन बित्तिकै माटोलाई ढोगेका हुन्।
सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने गरेर कुनै पनि कामहरू आफूबाट नहुने बताए।
उनले भने–‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्यो भन्ने जस प्राप्त गर्न सकूँ । त्यही तागत, आर्शिवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको हुँ।’
Leave a Reply