Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई शंकर पोखरेलको जवाफ - जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नू

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिम्मेवार र जवाफदेही बन्न भनेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत मेयर बालेनले साँच्चिकै देश सफा गर्नु परे नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने अभिव्यक्ति दिएपछि पोखरेलले यस्तो भनेका हुन् । मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्ने उनले बताए । 'मेयर वालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ,' पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्,'जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही वन्नै पर्दछ ।' यसअघि शनिबार बिहान काठमाडौं महानगरका मेयर शाहले अब सिंहदरबारभित्रको फोहोर नउठ्ने र देश सफा गर्न त्यहाँका नेताहरूलाई सिसडोलमा 'डम्प' गर्नुपर्ने लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077