Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा कांग्रेसले भन्यो - उपेन्द्र यादवविरुद्ध बोल्ने र लेख्ने काम नगर्नू

काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा-२ को उपनिर्वाचनका उम्मेदवार उपेन्द्र यादवविरुद्ध बोल्ने लेख्ने कार्कर्तालाई कारबाही गर्ने भएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति बाराका सचिवद्वय भैयराम यादव र राजेश रौनियारले विज्ञप्ति निकालेर यस्तो निर्णय भएको सुनाएका हुन् ।

नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट साझा उम्मेदवार यादवलाई सघाएको भन्दै कार्यकर्तामाझ असन्तुष्टि बढिरहेका बेला जिल्ला कार्य समितिले यो निर्णय गरेको हो ।

जसमा यादवविरुद्ध सामाजिक सञ्जाल, फोन कल तथा सार्वजनिक अभिव्यक्ति जस्ता कुनै पनि अभिव्यक्ति दिनेलाई पार्टी विधानअनुसार कारबाही गरिने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077