Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • छिटोछिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर

    छिटोछिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 543
    SHARES

    फाइल तस्विर

    काठमाडौं । न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा र छिटोछिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर परेको टिप्पणी गरिएको छ ।

    न्यायालयप्रति विश्वास बढाउन सरोकारवाला सबैको साझा प्रयत्न हुनुपर्ने आवश्यकता न्यायक्षेत्रबाटै औंल्याइएको छ ।



    न्यायनिरूपणमा देखिएका कमजोरी सच्याउन न्यायालय र कानुन व्यवसायी दुवै चनाखो हुनुपर्ने सुझाइएको छ ।



    इलामस्थित उच्च अदालत बार एसोसिएसन र कोसी प्रदेशअन्तर्गत मुख्य न्यायाधिवक्ताको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको ‘न्याय सम्पादनमा सरोकारवालाको भूमिका र प्रभावकारिता’ विषयक दुईदिने अन्तरक्रियामा न्यायपरिषद्का सदस्य रामप्रसाद श्रेष्ठले राम्रा न्यायाधीश नियुक्त गर्न नसक्दा न्यायालयमा विकृति बढ्नेतर्फ आफूहरू सचेत रहेको बताए ।

    उनले न्यायक्षेत्रमा गलत काम गर्नेलाई सजायको व्यवस्था गर्नु आवश्यक रहेको औंल्याए । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार