काठमाडौं । अश्लील हर्कत गरेको भिडियोमा देखिएका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरिएको छ ।
पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद खानलाई निलम्बन गर्न माग गर्दै शुक्रबार राष्ट्रिय एकता अभियानले सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो ।
अभियानले सांसद खानलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । सांसद खानले कुनै महिलासँग भर्चुअल माध्यममा अश्लील हर्कत गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको अभियानले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
’सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य छैन्’, ज्ञापन पत्रमा भनिएको छ, ’सांसद खानको हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ ।’
Leave a Reply