Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको ७० वर्ष उमेरहद हटाउन माग, निर्वाचनमा आयोगमा उजुरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा रहेको ७० वर्षे उमेरहद निष्क्रिय बनाउने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।

काठमाडौँ बल्खु निवासी निमकान्त पाण्डेले एमाले विधानमा राखिएको ७० वर्षे प्रावधान संविधान विपरित रहेको भन्दै निष्कृय बनाउन आयोगमा शुक्रबार निवेदन दिएका हुन् ।

जनधारणा साप्ताहिकका सम्पादक तथा अधिवक्ता समेत रहेका पाण्डेले आयोगमा दिएको निवेदनमा प्रमुख आयुक्तले तोक लगाएर आयोगको कानुन शाखामा पुगेको छ ।

निवेदक पाण्डेले ७० वर्षे प्रावधानलाई अलोकतान्त्रिक प्रावधान भन्दै नेकपा एमालेको विधानको धारा ६४ मा रहेको उमेर हदसम्बन्धी प्रावधान दलका पदाधिकारी र केन्द्रीय समिति सम्बन्धी विषय भएकाले उक्त विषय निर्वाचन आयोगको अधिकार क्षेत्र आकर्षित हुने दावी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077