Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सरकारको १०० दिन राजनीतिक उत्तारचढावमै बित्यो : प्रधानमन्त्री प्रचण्ड

    सरकारको १०० दिन राजनीतिक उत्तारचढावमै बित्यो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 459
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको बताएका छन् ।

    गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन शुक्रबार गोरखा आएका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएको १०० दिनसम्म राजनीतिक उतारचढावका कारण काम गर्न नसकेको स्वीकार गरे ।



    उनले अब विकास निर्माणसँगै सरकारको अन्य कामले तिव्रता पाउने बताए ।

    सरकारले पूर्णता पाइसकेको र राजनीतिक स्थिरता समेत कायम भइसकेकाले अव कामले गति लिने प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

    एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार