काठमाडौं । भारतीय गायक हनी सिंह शुक्रबार नेपाल आइपुगेका छन् ।
शनिबार बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन सिंह आज काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सिंहले नेपालमा पहिलोपटक कार्यक्रम गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिएका थिए ।
गायक सिंहका ‘ब्लु आइज’, ‘धिरे धिरे’ र ‘चार बोतल भोड’ लगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिने बताईएको छ ।
भारतमा संगीत कम्पोजर, र्यापर, गायक, गीतकार र अभिनेताका रूपमा समेत परिचित सिंहले सन् २००३ देखि रेकर्डिङ कलाकारका रूपमा आफ्नो करिअर सुरु गरेका थिए ।
Leave a Reply