काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत आज (शुक्रबार) भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
च्यासल मैदानमा सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
मनाङका लागि दुवै गोल टिमोथी कोउडोले गरेका थिए ।
जितसँगै मनाङ पहिलोपटक अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङको यो चौंथो जित हो ।
मनाङले ६ खेलमा १४ अंक जोडेको छ भने फ्रेन्ड्स ४ अंकमै सीमित रह्यो ।
Leave a Reply