Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको न्युनतम साझा कार्यक्रममा मैले हस्ताक्षर गरेको छैन् : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्युनतम साझा कार्यक्रममा आफुले हस्ताक्षर नगरेको बताएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष केसीले दस दलको तर्फबाट सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरिएको बताएका हुन् ।

केसीले न्यूनतम साझा कार्यक्रममा आफ्नो बिमती भएपनि प्रधानमन्त्री कार्यालयले हस्ताक्षर राखेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय र नागरिकता लगायतका विषयमा जनमोर्चाको गम्भीर मतदभेद रहेको बताए।

उक्त दस्तावेजमा नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दस दलका प्रमुख नेताहरूको हस्ताक्षर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077