Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरका प्रमुख महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन उपत्यका मेयर्स फोरमको अध्यक्षमा चयन भएका छन् ।

बिहीबार सम्पन्न फोरमको बैठकले काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने फोरममा उनलाई चयन गरेको हो ।

त्यस्तै, फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भए ।

उनीहरू क्रमशः सूर्यविनायक, चन्द्रागिरि, टोखा, तारकेश्वर र मध्यपुरथिमीका नगरप्रमुख हुन् । फोरमको सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077