काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मको संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताएकी छन् ।
नेपाली चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
घरेलु फिल्म व्यापारमा मात्र केन्द्रित हुँदा गुणस्तर खस्किएको मन्त्री शर्माले बताइन् ।
नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग फिल्ममा प्रस्तुत गरेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके फिल्मको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उनले व्यक्त गरिन् ।
फिल्म क्षेत्रमा भइरहेका कामहरुको समीक्षा हुनुपर्ने भन्दै मन्त्री शर्माले फिल्म क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्ने जरुरी रहेको बताइन् ।
Leave a Reply