Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन्- दिगो विकास लक्ष्य हासिल गर्न सरकार एक्लैको प्रयत्न सम्भव छैन

    प्रधानमन्त्री प्रचण्ड भन्छन्- दिगो विकास लक्ष्य हासिल गर्न सरकार एक्लैको प्रयत्न सम्भव छैन

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 474
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।



    त्यस्तै, निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेकोमा जोेड दिए ।



    प्रधानमन्त्री प्रचण्डले सरकार नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा प्रवेश गरेको भन्दै गुणात्मक विकासलाई केन्द्रमा राखेर काम गर्न सरकारका सबै निकायहरूलाई निर्देशन समेत दिएका छन् ।

    बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका महासंघका अध्यक्षहरूको उपस्थिति छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार