Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • न्यूनतम साझा कार्यक्रम : सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने

    न्यूनतम साझा कार्यक्रम : सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने

    बीओपीको संख्या वृद्धि

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 498
    SHARES

    काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    बिहीबार सार्वजनिक गरिएको गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बिओपी) वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने जानकारी गराइन् ।



    उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र जनताको जीउधनको रक्षाको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीतिलाई आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार