Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले भन्यो - आचारसंहिताले मन्त्रिपरिषद् विस्तार रोक्दैन

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि लागू भएको आचारसंहिताका कारण सरकार निर्माण र विस्तार प्रभावित नहुने भएको छ ।

निर्वाचन आयोगले बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्दै यस्तो जनाएको हो ।

तर, उपनिर्वाचनका लागि जारी भएको आचारसंहिताकै कारण मन्त्रिपरिषद् विस्तार, प्रदेशका सरकारहरू निर्माण र विस्तार लगायतका गतिविधि प्रभावित नहुने आयोगले जनाएको छ ।

आयोगले निर्वाचन हुने तीन जिल्लामा मात्रै लागू हुने गरी आचारसंहिता जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077