Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • नयाँ वर्षमा प्रधानमन्त्रीले प्रचण्डले विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्ने

    नयाँ वर्षमा प्रधानमन्त्रीले प्रचण्डले विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 474
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासी नेपालीलाई सम्बोधन गर्ने भएका छन् ।

    माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा हुने कार्यक्रममार्फत प्रचण्डले आगामी वैशाख १ गते प्रवासी नेपालीलाई सम्बोधन गर्न लागेका हुन् ।



    उनले वैशाख १ गते बेलुका ७ बजे जुममार्फत सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी प्रवास समन्वय समिति स्रोतले जनाएको छ ।



    सरकारका राम्रा काम स्वदेश तथा विदेशमा रहेका नेपाली समक्ष पुर्‍याउने महत्त्वपूर्ण अवसरको रूपमा लिइएको कार्यक्रममा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीका समस्या समेत सुन्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार