काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले बिहीबार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० को नतिजामा पराजित गरेको छ।
च्यासल मैदानमा भएको खेलमा थ्री स्टारका अजयी मार्टिन्सले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे ।
यो जितपछि थ्री स्टारको ६ खेलमा १० अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।
आर्मीले ६ खेलमा ८ अंक जोडेको छ ।
Leave a Reply