Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • चिनियाँ परराष्ट्रमन्त्री छिन् र परराष्ट्र सचिव पौड्यालको टोलीबीच भेटवार्ता

    चिनियाँ परराष्ट्रमन्त्री छिन् र परराष्ट्र सचिव पौड्यालको टोलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 783
    SHARES

    एजेन्सी । चिनियाँ परराष्ट्रमन्त्री छिन् काङ र नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन पुगेका नेपाली टोलीबीच भेटवार्ता भएको छ ।

    बिहीबार बेइजिङमा भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा सहकार्य, भ्रमण आदानप्रदान, पर्यटन, विकास तथा लगानी लगायतका विषयमा कुराकानी भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।



    संयन्त्रको बैठकमा भाग लिन चीन पुगेका परराष्ट्र सचिव भरतराज पौड्याल, उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा सहितको टोलीसँग मन्त्री छिन् काङ्ले भेटेका हुन् ।



    भेटमा परराष्ट्रसचिव पौड्यालले चीनले नेपालको विकासमा निकै महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै सी चिनफिङको तेश्रो कार्यकालमा पनि आपसी सहकार्य निरन्तर रहने बताएका छन् । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार