Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बैदेशिक रोजगार कार्यालयका हरेक शाखामा घुस असुली, मन्त्रालयका सचिवसम्म भागबण्डा

    बैदेशिक रोजगार कार्यालयका हरेक शाखामा घुस असुली, मन्त्रालयका सचिवसम्म भागबण्डा

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 2.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्पर्क हुने कार्यालयका काम छिटोछरितो र विना झन्झट काम गर्न निर्देशन दिए पनि बैदेशिक रोजगार बिभाग अन्तर्गतको काठमाडौं कार्यालय ताहाचलका कर्मचारीहरुले भने दुःःख र सास्ती दिएर घुस नलिई काम नै नगरेको गुनासो छ ।

    स्वदेशमा रोजगार नपाएपछि दैनिक हजारौं युवा विदेशिन बाध्य छन् । तर बैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिनका लागि बैदेशिक रोजगार कार्यालय ताहाचलका प्रत्येक शाखाका अधिकृत र नासुलाई घुस खुवाउनुपर्ने बाध्यता छ ।



    सरकारले फ्री भिसा फ्री टिकटमा कामदारलाई विदेश पठाउनू भन्छ । तर बैदेशिक रोजगार कार्यालय ताहाचलमा कामदारको श्रम स्वीकृतिका लागि प्रत्येक शाखामा घुस बुझाउनुुपर्छ । फुलिष्टप र कमा समेत हेरेर यो र ऊ मिलेन भनेर घुस मागेर हैरान पार्ने गरिन्छ । घुस दिएमा एउटा कामको लागि कामदार मागेको भए पनि अक्र्रै कामको श्रम स्वीकृति समेत दिने गरिएको छ ।



    रमेश अर्याल बैदेशिक रोजगार कार्यालय ताहाचलको प्रमुख हुँदा अनलाइन सिष्टम प्रभावकारी रुपमा लागू गरी श्रम स्वीकृतिका क्रममा हुने घुस असुली नियन्त्रण भएको थियो । तर श्रम, रोजगार तथा सामाजिक स्ुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले रमेश अर्यालबाट मासिक रुपमा भाग नपाएपछि उनलाई हठात् सरुवा गरी उपसचिव बसन्त बोहरालाई पठाएका थिए । बोहराले हरेक शाखाका अधिकृत र नासुलाई घुसको दररेट तोकेका छन् ।

    मन्त्रालयका सचिव अर्याललाई हप्तामा बुझाउनुपर्छ भन्दै उनले हरेक शाखालाई दररेट तोकेका छन् । काठमाडौं कार्यालयमा बोहरा र बैदेशिक रोजगार विभागमा कृष्णप्रसाद भूसालले घुस संकलन गरी सचिव अर्याललाई बुझाउने गरेको स्रोत बताउँछ ।

    काठमाडौं कार्यालय ताहाचल र शंखमूलस्थित बिभागबाट एक हप्तामा मन्त्राललयमा १० लाख दररेट बुझाउने र त्यसको हिस्सा एमाले कार्यालयमा समेत पुग्ने गरेको स्रोतले बताएको छ । एमालेको कार्यालयमा नियमित घुसको हिस्सा पुग्ने भएकैले रवि लामिछाने गृहमन्त्री हुनासाथ सचिव अर्याललाई गृहमन्त्रालयमा लान दबाब समेत केपी ओलीले दिएका थिए ।

    बैदेशिक रोजगार कार्यालय काठमाडौंका प्रमुख बसन्त बोहराले नेपालले श्रम इजाजत नै नदिएका बेलारुसलगायतका मुलुकमा समेत श्रम स्वीकृति दिने गरिएको छ । यसरी नेपालले बैदेशिक रोजगार अनुमति नदिएको बेलारुसमा ५० हजार रुपैयाँसम्म घुस लिएर श्रम स्वीकृति दिएकाले बेलारुसमा सयौं कामदार अलपत्र छन् ।

    केही दिनअघि नेकपा समाजवादीकी नेतृ कृतु भण्डारीको पहलमा बेलारुसमा पठाइएका ९ जना महिलाहरुको उद्दार गरिएको थियो । ती महिलाहरुसँग होम तामाङलगायतका मानवस्करले ६ लाखदेखि ८ लाख रुपैयाँसम्म लिएर बेलारुस पठाएका थिए । बेलारुसमा दिनभर काम गराउने, तलव त परै जाओस् खान समेत नदिएपछि महिलाहरुले सामाजिक संजालबाट उद्दारको माग गरेपछि भण्डारीको पहलमा उद्दार गरिएको थियो । होम तामाङजस्ता मानवतस्कर र ठगहरुसँग घुस लिंदै उपसचिव बोहराको नेतृत्वमा श्रम स्वीकृति दिने गरिएको छ ।

    त्यतिमात्र होइन, पोर्चुगल, माल्टा, क्रोएसिया, रोमानिया, पोल्याण्ड जस्ता यूरोपियन मुलुकमा बैदेशिक रोजगारीमा पठाउने भनेर प्रतिब्यक्ति १३ देखि १५ लाख रुपैयाँसम्म ठगी भइरहेको छ । यी देशमा कामदार पठाउनका लागि श्रम स्वीकृति लिनका लागि पनि बैदेशिक रोजगार कार्यालय ताहाचलबाट दररेट तोकेर घुस असुली हुँदै आएको छ ।

    बैदेशिक रोजगार कार्यालय काठमाडौंका प्रमुख केशवप्रसाद बिमली भए पनि उनी थपना मात्र हुन् । उक्त कार्यालयका हर्ताकर्ता र वास्तविक प्रमुख बसन्त बोहरा हुन् । बैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य भए पनि सबै सेटिङ भने उपसचिव भूसालले गर्ने गरेका छन् । बिभागमा १२ बर्षदेखि कार्यरत अधिकृत प्रदीप ढकाल र सूचना अधिकारी कृष्णप्रसाद भूसालले हरेक कामको सेटिङ गर्ने गरेका छन् ।

    विभागमा घुसखोरी यति चर्को छ कि एउटा म्यानपावर दर्ताको १३ लाख रुपैयाँसम्म घुस असुली हुँदै आएको छ । बोहरा यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखाको प्रमुख हुँदा पनि सरुवामा घुस असुली गरेको बिषयमा विवादमा परेका थिए ।

    ताहाचलमा बोहरा र विभागमा भूसालले सचिवको समन्वयमा सबै घुस संकलन गरी भागशान्ति गर्ने गरेका छन् । सचिव अर्याल बालकोटको निर्देशनमा काम गर्ने भए पनि यसअघिका नेकपा समाजवादीबाट मन्त्री भएका कृष्णकुमार श्रेष्ठ(किसन) र शेरबहादुर कुँवरले उनलाई नै विश्वास कसरी गरे ? भन्ने प्रश्न उठेको छ ।

    बैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रम स्वीकृतिदेखि हरेक काममा घुस लिने गरिएकोबारेमा सूचना अधिकारी बसन्तबहादुर बोहराले भने–‘हामीले दैनिक दुईदेखि तीन हजारसम्मलाई श्रम स्वीकृती प्रदान गर्दै आएका छौं । कागजपत्र नमिलेको हकमा बाहेक कोहीपनि सेवाग्राही कार्यालयमा आउनै पर्दैन । यस्तो अवस्थामा कसरी घुस उठायो भनेर आरोप लगाउनु हुन्छ ? बरु मैले त एउटै स्थानबाट काम होस् भनेर शाखाहरुलाई एकमुष्ट बनाउनका लािग टिप्पणी समेत उठाएर माथि पठाएको छु । घुस उठाउने होइन सुधाको लागि चाहिं पहल गरिरहेको छु । तपाईहरु आफै कार्यालय आएर विश्लेषण गर्न सक्नुहुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार