Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ‘अन्तर्राष्ट्रिय ठग’ थापालाई कहिलेसम्म रवि लामिछानेको संरक्षण ?

    ‘अन्तर्राष्ट्रिय ठग’ थापालाई कहिलेसम्म रवि लामिछानेको संरक्षण ?

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । यो संसार भ्रमै भ्रममा फैलिएको छ । जसले भ्रम फैलाएर सारा दुनियालाई बेवकुफ बनाउन सक्यो उ नै यो समाजमा अब्बल मात्रै होइन, नेता नै बन्न सक्दो रहेछ । यसको उदाहरण बनेका छन्, रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनजंग थापा ।

    यिनै ठग थापा अहिले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्ड, देउवा र ओलीको सत्तोसराप गरी रवि लामिछानेलाई भगवान भन्दै वर्णन गरिरहेका हुन्छन् । उनै ठगका विषयमा जति उजुरी परेपनि प्रहरीका उच्च हाकिमहरुले संरक्षण गर्दै आएका छन् ।



    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशको कायपलट गर्ने नारा लगाउँदै आएको छ । देश बनाउँछु भन्ने पार्टीका केही केन्द्रीय सदस्यहरु भने विवादै विवादमा परेका छन् । लामिछानेले हुन्डी कारोबारदेखि म्यानपावरमा ठगी गर्ने र अमेरिकामा अनेक विवादमा मु्छिएकाहरुलाई केन्द्रीय सदस्य बनाएका छन् ।



    अबैध हुन्डी कारोबार गर्ने डोलप्रसाद अर्याल (डीपी)लाई त लामिछानेले सांसदमात्र होइन, ४२ दिने सरकारमा श्रम मन्त्री नै बनाए ।

    म्यानपावर ब्यवसायीलाई श्रममन्त्री बनाएकोमा लामिछानेको आलोचना समेत भयो । तर, आत्मालोचना गर्नतिर भन्दा लामिछानेले आलोचना गर्नेहरुलाई १२ भाइको संज्ञा दिएर बिषयान्तर गरे । रास्वपाको केन्द्रीय सदस्यमा अर्का म्यानपावर ब्यवसायी देवेन्द्र बजगाई छन् । उनको डीडी म्यानपावर पनि कामदारकै सवालमा खारेजमा परेको थियो ।

    त्यस्तै अर्का केन्द्रीय सदस्य बिष्णुकुमार श्रेष्ठ भने लामिछाने गृहमन्त्री हुनासाथ सशस्त्र प्रहरी बलको ३५ करोडको ठेक्का हात पार्ने खेलमा लागेको भेद खुलिसकेको छ ।

    अमेरिकामा काण्डै काण्डमा जेलमा परेर निस्किएका केन्द्रीय सदस्य मोहनजंग थापा भने रवि लामिछानेकै नाम बेच्दै पछिल्लो समयमा ठगीधन्दालाई मलजल पुर्याइरहेका छन् ।

    अमेरिकाको बाल्टिमोरमा बसेर नेपाल आवत–जावत गर्ने थापाले नेपाल प्रहरीका एक पूर्व उच्च अधिकारीको काठमाडौंमा रहेको घर बैना गराइदिने नाममा जापानबाट पैसा मगाएर २५ लाख रुपैयाँ ठगी गरेको खुलाासा भएको छ ।

    उनले रवि लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरुलाई उल्टै धम्की दिने गरेको कुरा पनि ब्यवसायीहरुबाटै बाहिर आएको छ ।

    अमेरिकी बैंकको चेक दिएर विभिन्न व्यक्तिहरुलाई लाखौं रकम ठगी गर्दै आएका थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीलाई आफूले नै लगेको भन्दै पीडितहरुलाई उल्टै धम्क्याउदै आएको पनि एक पीडितले अनलाइन नेपालसँग बताए ।

    थापाले केसी थरका एक व्यवसायीबाट पनि ७५ लाख रकम ठगी गरेका छन् । तर त्यो पैसा पटक–पटक फिर्ता माग्दा पनि नदिई उल्टै धम्की दिने गरेका छन् । रवि लामिछाने गृहमन्त्री छँदा थापाले प्रहरीको सरुवा बढुवा गराइदिने भनेर असुली सुरु गरेको आरोप लाग्दै आएको छ । उनले आफूलाई अमेरिकाको ठूलो व्यवसायी भएको भ्रम छर्दै ठगी गर्ने गरेका छन् ।

    थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । उनी फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

    थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेका थापा केही वर्ष जेल बसेर निस्किएका थिए ।

    उनै थापाले विभिन्न व्यक्तिहरुबाट लिएको पैसा फिर्ता गर्दा अबैध पैसा किन फिर्ता गर्नु पर्यो, तपाई नै फस्नुहुन्छ भन्दै धम्की दिने गरेका छन् । अमेरिकाका नेपालीहरुलाई ठगी गर्न उनले एक छद्मभेषी व्यक्तिलाई नै खटाएको बुझिन आएको छ । ती व्यक्तिको काम नै थापालाई ठूलो व्यवसायी भन्दै नयाँ व्यक्तिहरुलाई चिनजान गराउने र विभिन्न वहानामा पैसा असुली गर्ने हो ।

    थापाको ठगीधन्दा विरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठकहाँ केही पीडितहरुले उजुरी समेत दिएको स्रोतले बताएको छ । रवि लामिछानेको प्रचारमा नेपाल आउन लागेका थापालाई प्रहरीले पक्राउ गर्छ कि गर्दैन ? हेर्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार