लण्डन । क्लबले बर्खास्त गरेको दुई वर्षपछि फ्रान्क लाम्पार्डलाई सिजनको अन्त्यसम्म चेल्सीको अन्तरिम म्यानेजर नियुक्त गर्ने तयारी गरिएको छ।
बर्खास्तीपछि एक वर्षभन्दा कम समय नेतृत्व गरि जनवरीदेखि कामविहीन रहेका लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाउने तयारी गरेको बीबीसीले जनाएको छ ।
चेल्सी हाल प्रिमियर लिगको ११ औं स्थानमा रहेको छ । यस सिजन नयाँ खेलाडीहरूका लागि ५५ करोड पाउन्डभन्दा बढी खर्च गरे तापनि चेल्सी शीर्ष चार भन्दा १४ अंकले पछि रहेको छ।
चेल्सीले शनिबार प्रिमियर लिगमा वुल्भ्सको यात्रा गर्नेछ भने र १२ अप्रिलमा उनीहरूको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिडको सामना हुनेछ ।
Leave a Reply