Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • कोशीको नामलाई लिएर प्रचण्डलाई ज्ञापन पत्र, सच्याउन पहल गर्ने आश्वासन

    कोशीको नामलाई लिएर प्रचण्डलाई ज्ञापन पत्र, सच्याउन पहल गर्ने आश्वासन

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 474
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

    माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु र मोर्चाका नेताहरुको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।



    प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।



    गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको माओवादी केन्द्र एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार