Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एउटै परीक्षा केन्द्रबाट ५२ जना एसईईका नक्कली परीक्षार्थी पक्राउ

मोरङ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को एउटा केन्द्रबाट ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

प्रहरीले मोरङको ग्रामथानमा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ।

पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077