एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्की पोल्याण्ड पुगेका छन् । भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले पोल्याण्डको राजधानी वार्सामा समकक्षी आंदे्रय दुदासगँ बुधबार भेटवार्ता गरेका हुन् ।
यस्तै उनले प्रधानमन्त्री मेटझु मेरावियेकीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । नजिकका सहयोगी मित्र राष्ट्र रुपमा रहेको युक्रेन र पोल्याण्डबीच रुससगँ जारी युद्ध, सैनिक उपलब्ध गराउने तथा राजनीतिक, कुटनितिक विषयमा छलफल हुने बताइएको छ ।
विगत तेह्र महिनादेखि रुससँग जारी यद्धका कारण हाल पोल्याण्डमा १० लाख भन्दा बढी युक्रेनी नागरिक शरणार्थीको रुपमा आश्रित छन् ।
यस्तै पोल्याण्ड सरकारले एमआइजी लडाकु विमान युक्रेन पठाउने निर्णयमा राष्ट्रपति जेलेन्स्कीले धन्यवाद दिए ।
Leave a Reply