काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत एशियाली छनोटको पहिलो खेलमा घरेलु टोली नेपाल भियतनामसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफमा ३–० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा २ गोल खायो । भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् । यस्तै पाम हाइ एन, न्युगेन थि बिच थी र मिन न्ग्युएन थि थान न्हाले एक एक गोल गरिन् ।
नेपालका तर्फबाट भने सावित्रा भण्डारीले गोल गरिन् । नेपालले छनोटको दोस्रो खेलमा शनिबार भियतनामसँग नै खेल्नेछ ।
ओलम्पिक छनोटको एशियाली छनोटमा नेपाल र भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइन समूह सी मा रहे पनि नाम फिर्ता लिएपछि दुई टोलीमात्रै भिड्न लागेका हुन् ।
Leave a Reply