काठमाडौं । पेरिस महिला फुटबल ओलम्पिक एसियन छनोटको पहिलो चरणमा भियतनामविरुद्ध खेल्ने नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ ।
बुधबार नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
नेपाली टोली –
एन्जिला सुब्बा,विमला बिक, समिक्षा घिमिरे,अमृता जैशी, हिरा कुमारी भुजेल, सरु लिम्बु, सावित्रा भण्डारी,रश्मी कुमारी घिसिङ, दिपा शाही, अनिता केसी,अमिशा कार्की
Leave a Reply