काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७६८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बुधबार कोरोनालाई जितेर २८ जना डिस्चार्ज भएका छन् ।
योसँगै देशभर पीसीआर विधिबाट सक्रिय संक्रमितको संख्या ३२२ पुगेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply