काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान सुधार गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पछिल्लो पटक सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो।
नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गरेर १४ औं स्थानमा रहेको छ । नयाँ वरीयतामा नेदरल्यान्ड्सलाई पछि पार्दै नेपाल १४ औं स्थानमा उक्लिएको हो ।
नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् । एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा कायमै रहेको छ ।
स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ । एसोसियट राष्ट्रमा नेपाल भन्दा अगाडी स्कटल्यान्ड मात्र रहेको छ । अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा न्युजिल्यान्ड दोस्रो, भारत तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।
Leave a Reply