Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचनमा कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले खर्चको अधिकतम हद (सीमा) तोकेको छ ।

आयोगको आज बसेको बैठकका अनुसार चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ का उमेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । तनहुँ क्षेत्र नम्बर १ का लागि ३१ लाख रुपैयाँ निर्धारण गरेको छ ।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न आग्रह गरेको छ ।

निर्वाचन खर्चको विवरण उमेदवार वा उमेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077