काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज (बुधबार) फिफा वरीयताको ३३औँ स्थानमा रहेको भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।
दुई देशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।
एसियन छनोटको समूह ‘सी’मा यसअघि नेपाल, भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन थिए । गत साता अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच मात्र दुई खेल हुन लागेको हो ।
दुई खेलमा शीर्ष रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।
भियतनामले अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ ।
फिफा वरीयतामा भियतनाम ३३ औँ स्थानमा रहेको छ भने नेपाल १०० औँ स्थानमा छ ।
Leave a Reply