Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बागलुङमा ट्र्याक्टरले किचेर घरमा सुतिरहेका युवकको मृत्यु

    बागलुङमा ट्र्याक्टरले किचेर घरमा सुतिरहेका युवकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 558
    SHARES

    फाइल तस्विर

    बागलुङ । ट्र्याक्टरले किच्दा बागलुङको गलकोट नगरपालिका–११ रिघा मनेवामा गुडिरहेको ट्याक्टर अनियन्त्रित भई घरमाथि पल्टिदा एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा घरमा सुतिरहेका पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामी रहेका छन् ।



    बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट हटियाबजार आउँदै गरेको ध१त ६०९ नं को ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।



    ट्र्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार