Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागलुङमा ट्र्याक्टरले किचेर घरमा सुतिरहेका युवकको मृत्यु

बागलुङ । ट्र्याक्टरले किच्दा बागलुङको गलकोट नगरपालिका–११ रिघा मनेवामा गुडिरहेको ट्याक्टर अनियन्त्रित भई घरमाथि पल्टिदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घरमा सुतिरहेका पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामी रहेका छन् ।

बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट हटियाबजार आउँदै गरेको ध१त ६०९ नं को ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

ट्र्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077