Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्किङ शुल्क महँगो भएको विरोधमा ट्याक्सी सेवा बन्द

काठमाडौं । ट्याक्सी चालकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।

विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकहरुले विरोधमा सेवा बन्द गरेका हुन् ।

विमानस्थल बाहिर भने ट्याक्सीहरु चलिरहेका छन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको र १०० रुपैयाँ पुर्‍याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु लामो समयदेखि विरोधमा छन् ।

यसअघि १३ मंसिरमा उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए ।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । उनीहरुले भाडाका ट्याक्सीहरुको पार्किङ शुल्क घटाउन माग गर्दै यसअघि ज्ञापन पत्र पनि बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077