Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचन : मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने

काठमाडौं । उपनिर्वाचनका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने छ । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध भएका उजुरी लिनका लागि निर्वाचन आयोगले आजलाई समय तोकेको हो ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि आयोगले सोमबार उम्मेदवारी दर्ता गराइसकेको छ। निर्वाचन कार्यतालिका अनुसार ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको पनि आयोगले जनाएको छ।

उम्मेदवारी फिर्ता लिन इच्छुकले चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने कार्यक्रम छ।

निर्वाचन कार्यतालिका अनुसार वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ। आगामी वैशाख १० मा प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार राजनीतिक दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077