Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • मिटरब्याजी समस्याबारे छानविन गर्न तीन सदस्यीय समिति गठन

    मिटरब्याजी समस्याबारे छानविन गर्न तीन सदस्यीय समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 609
    SHARES

    काठमाडौं । सरकारले मिटरब्याजी समस्याका विषयमा छानविनका लागि समिति गठन गरेको छ ।

    सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी समस्याका विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।



    सरकारका प्रवक्ता रेखा शर्माका अनुसार समितिमा पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा पूर्व एआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहेका छन् ।



    समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस र मूर्त रूपमा मिटरब्याजीको समाधानका लागि तत्काल एक्सनमा जाने गरि प्रतिवेदन पेश गर्न भनिएको प्रवक्ता शर्माले बताइन् । समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय भएको उनले जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार