Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक सिंहदरबारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले  मन्त्रिपरिषद् विस्तार गरेपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ ।

सोमबार अपराह्न ४ बजेबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रीहरूको उपस्थितिमा बैठक जारी छ ।

प्रधानमन्त्री प्रचण्डले गत शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

स्रोतकाअनुसार बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने सम्भावना छ ।

आजको बैठकले सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077