Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रचण्ड नेतृत्वको सरकारका १०० दिन, अर्थतन्त्र सुधारको प्रयास (पूर्णपाठसहित)

    प्रचण्ड नेतृत्वको सरकारका १०० दिन, अर्थतन्त्र सुधारको प्रयास (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 522
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १०० दिनमा गरेका उपलब्धिहरूको सूची सार्वजनिक भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको सूची सार्वजनिक गरेको हो ।



    १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफू सरकारको नेतृत्वमा आएपछि आर्थिक क्षेत्रलगायतमा सुधार भएको दाबी गरेका छन् ।



    यस्तै, सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम गर्ने कुरालाई सरकारले जोड दिँदै आएको उल्लेख छ ।

    अर्थतन्त्र सुधारको प्रयास अन्तर्गत विभिन्न पहल लिइएको छ। विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको उल्लेख छ ।

    प्रचण्डको सरकारले ३७ बुँदे उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने,अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने समेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार