Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसमा अवसर पाइनँ भनेर आलोचना गर्न पाइन्न : विश्वप्रकाश शर्मा

चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आवेगमा मतदान गर्न नहुने बताएका छन् ।

सोमबार चितवन २ मा पार्टीका तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ताअघि आयोजित कोण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेसलाई गाली गरेर पार्टी छोड्नु राजनीतिक संस्कार नभएको महामन्त्री शर्माको भनाई छ ।

महामन्त्री शर्माले भने, ‘कांग्रेसले उहाँलाई मञ्च दियो। कविता भन्न जान्दछु भन्दा कविता भन्न दियो । नाच्न पनि जान्दछु भन्दा पख्नु न पालो आउँछ बिस्तारै भन्यो । त्यसो भन्दा उहाँले कांग्रेस माथि नै प्रश्न गर्नुभयो। यसबाट थाहा हुन्छ उहाँ कति सुसंस्कृत हुनुहुँदो रहेछ।’

ले कांग्रेसले हिजोअस्ति राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको मान्छेले कांग्रेसमा अवसर पाइनँ भनेर आलोचना गर्न नपाइने महामन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077