काठमाडौं । बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले चितवन क्षेत्र नम्बर -२ बाट उम्मेदवारी दर्ता गराएका छन्।
शर्माले भरतपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
जनमोर्चाले तनहुँ १ र बारा २ मा भने उम्मेदवारी दिएको छैन।
Leave a Reply