काठमाडौं । सरकारसँग १८ चैतमा गरिएको सम्झौतामा विश्वस्त हुन नसकेको भन्दै मिटरब्याज पीडितहरू आन्दोलनका लागि फेरि काठमाडौं आएका छन् ।
पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएका हुन् ।
मिटरब्याज समस्या समाधानका लागि भन्दै सरकारले १८ चैतमा पीडितसँग सम्झौता गरेको थियो ।
टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।
सहमतिका विषय कार्यान्वयन नभएसम्म विश्वस्त हुन नसकिने भन्दै रौतहट, सर्लाही, बारा, महोत्तरीलगायत जिल्लाबाट आएका पीडितहरू बल्खुको सडक छेउछाउका क्षेत्रमा बसेका छन् ।
Leave a Reply