Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

उपनिर्वाचनको मुखमा नेपाल–भारत सीमामा चल्यो गोली, लागूऔषध कारोवारी घाइते

विराटनगर । उपनिर्वाचनको मुखमा नेपाल–भारत सीमा क्षेत्रमा गोली चलेको छ ।

भारतीय लागूऔषध कारोबारीबीच नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा गोली हानाहान भएको हो ।

प्रहरीका अनुसार सोमबार बिहान ४ बजे भारतीय लागूऔषध कारोबारीबीच गोली हानहान भएको थियो । गोली हानाहानमा टिकुलिया वस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको छ ।

भारतीय नागरिक सिंहको विराट नर्सिङ्ग होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने र घाइते दुवै लागूऔषध कारोवार गर्ने गिरोहका सदस्य रहेको प्रहरी स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077